
चितवन । पर्यटकीय क्षेत्र सौराहामा ‘भ्यालेनटाइन डे’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ ।
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १२ औँ सौराहा फुड फेस्टिबल २०७४ आयोजना गर्न लागिएको हो ।
आज सौरहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक कपिल रेग्मीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर माघ २८ गतेदेखि फागुन ३ गतेसम्म फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।
Facebook Comments Box