काठमाडौं । नेपाल आयल निगमका कर्मचारीहरुलाई बोनस बापत बाड्नुपर्ने रकम झण्डै ३ अर्ब पुगिसक्दा समेत निगमले बोनस बाँडेकाे छैन ।
पछिल्लो समय अन्तराष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धिका कारण जनताको गाुनासो र विरोध बढेसँगै बोनस बाँड्ने कार्य प्रभावित बन्ने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आर्थिक वर्ष २०७३÷०७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसबाट निगमले कर्मचारीलाई वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ ।
लामो समयदेखि घाटामा रहेको निगम हाल आएर मुनाफामा भएपनि पेट्रोलियम पर्दाथको मुल्य समायोजनका कारण घाटा बेर्होदै आएको छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ ।
यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताए । निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो ।
कुल ४७ अर्ब नाफा गरेको निगमले सरकारलाई ४ अर्ब ३ करोड रुपैयाँ आय कर पनि भुक्तानी गरेको छ । पूर्वाधारका लागि निगमले ९ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ । खुद साढे ९ अर्ब रुपैयाँ नाफाबाट निगमले झण्डै ५७ करोड रुपैयाँ बोनसका लागि छुट्याएको हो ।