
काठमाण्डाैं । मुम्बई, भारतको कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार ई–सर्भाइवर को कन्सेप्ट फेब्रुअरीमा शुरु हुने दिल्ली अटो एक्सपोमा शोकेस गर्न गइरहेको छ ।
यो एउटा खुला छत भएको २ सीटर एयसयुभी जस्तै रहेको छ यसलाई फ्यूचर अफ रोडर इलेक्ट्रीक कार पनि भन्न थालिएको छ ।
भारत सरकारले सन् २०३० सम्म देशका सबै बाहनहरुलाई विद्युतीय बनाउने घोषणा गरेको छ । इ सर्भाइभरमा प्रयोग हुने प्रविधि सुजुकी र टोयोटाको साझेदारीबाट सम्भव भएको समाचारमा उल्लेख छ ।
कमपनीका अनुसार, कारमा प्रयोग गरिने चार्ज पनि कम्पनी आफैले बनाएको छ ।
Facebook Comments Box