
काठमाडौं । चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ ।
विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना अन्तर्गत बाघको उपस्थिति राम्रो पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
बाघ गणना अन्तर्गत चितवन–पर्सा कम्प्लेक्समा बाघको अनुगमन अन्तिमतिर पुगेको छ । बर्दियामा तेस्रो चरणको अनुगमन शुरु हुन लागेको र अब छिट्टै शुक्लाफाँटामा क्यामेरा जडान हुने बताइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधि सहितको क्यामरा ट्र्या्पिङ विधिबाट बाघको गणना भइरहेको छ ।
Facebook Comments Box