काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मनाउन मुल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिको आज सम्पन्न बैठकले संयोजकमा प्रमुख शाक्य र उपसंयोजकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई चयन गरिएको छ ।
समितिको सदस्य सचिवमा नगर नायब प्रहरी उपरीक्षक धनपति सापकोटा तथा सदस्यहरुमा कामपा वडा नं ७, १२, १५ र २६ का वडाध्यक्ष र महानगर कार्यालयका प्रशासकीय प्रमुख धनीराम शर्मा रहनुभएको छ ।
हरेक वर्ष महानगरको संयोजकत्वमा मनाइँदै आएको शहीद सप्ताहअन्तर्गत यस वर्ष पनि यही माघ १० देखि १६ गतेसम्म मनाउने निर्णय गरिएको छ ।
Facebook Comments Box