चितवन । सन् २०१७ चितवन राष्ट्रिय निकुञ्जका लागि प्रजाति संरक्षणमा महत्वपूर्ण वर्षका रुपमा परिणत भएको छ । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु अन्य निकुञ्जमा स्थानान्तरण गर्ने र अन्यत्रबाट यहाँ ल्याउने महत्वपूर्ण काम सन् २०१७ मा भएको छ ।
यसैवर्ष चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । गत वर्षको चैत महिनामा गैँडा स्थानान्तरण गरिएको हो । गत वर्षको वैशाखमा नेपालबाट दुई जोडी गैँडा चीन लैजानका लागि यहाँका प्राविधिक र निकुञ्जका अधिकारीले चीनमा गैँडा लैजाने ठाउँको अध्ययनसमेत गरिसकेको छ ।
Facebook Comments Box
