काठमाण्डाैं । भारतले सीमा मिचेको भनिएको पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयामा योङ्ग कम्युनिष्ट लीग वाईसीएलले राष्ट्रिय झन्डा गाडेको छ ।
आफ्नो भूमी रक्षाका लागि आफूहरु वाईसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झन्डा गाडेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए ।
सीमा मिचिएका जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर वाईसीएलले झण्डा गाडेको हो । महतोले अफ्नो चार कठ्ठा जग्गा भारतले मिचेको जनाएका छन् । महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० विघा जग्गा मिचेको छ ।
यसैबीच, अध्यक्ष दीपशिखाले मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वाईसीएलले क्याम्प नै खडा गरेर बस्ने बताएका छन् ।
Facebook Comments Box