
काठमाण्डाैं । बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी विरुद्ध मुद्दा दायर भएको छ । मेजर प्रभवविक्रम शाहविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा जर्बजस्तीकरणी मुद्दा दायर भएको हो ।
बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । अनुसन्धान पुरा गरी मुद्दा दायर गरिएको बानेश्वर वृत्तका डिएसपी रवि पौडेलले जानकारी दिनु भयो ।
Facebook Comments Box