
काठमाण्डाैं । प्रदेश राजधानीको माग गर्दै दाङ र डोटीमा भएको आन्दोलन रोकिए पनि वीरगञ्जमा भने आन्दोलन थप चर्काउने निर्णय भएको छ ।
संघर्ष समितिको आज बसेको बैठकले रिले अनशनलाई जारी राख्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनलाई थप प्रभावकारी बनाउन लागिएको संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिनु भयो ।
बैठकले रिले अनशनलाई जारी राख्दै माघ १३ गते वीरगञ्जमा जुलुस प्रर्दशन गर्ने, १९ गते आमसभा गर्ने, २० गते मसाल जुलुस प्रर्दशन गर्ने र माघ २१ गते वीरगञ्ज बन्द गर्ने निर्णय गरेको छ ।
जनकपुरलाई प्रदेशन २ को अस्थायी मुकाम घोषणा गर्न लागेको संकेत पाएदेखि वीरगञ्जमा आन्दोलन सुरु भएको थियो भने १९ दिनदेखि रिले अनसन जारी छ ।
Facebook Comments Box