काठमाण्डौं । सेयर बजारमा कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन ।
आज नेप्से परिसूचक शून्य दशमलब ५८ अंकले घटेर १ हजार ४ सय २ दशमलब ०९ को बिन्दुमा पुगेको छ ।
परिसूचकमा सामान्य गिरावट देखिए पनि यस दिन कारोबार रकममा भने उच्च गिरावट आएको छ ।
आज १६३ कम्पनीको ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाँको सेयर किनबेच भएका छन् । हिजो ५० करोड ६१ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आजको कारोबारमा सर्वाधिक कमाउने लगानीकर्तामा कामना सेवा विकास बैंकका लगानीकर्ता रहेका छन् ।
त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य १ सय १४ रुपैयाँले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने बेस्ट फाइनान्सका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्यमा ६ रुपैयाँले कमी आएको छ ।
Facebook Comments Box