काठमाडाैैं । नेपाल धितो पत्र बोर्डले व्यावसायिक आचरण पालना नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारबाही सुरु गरेको छ ।
बोर्डले व्यवसायीक आचरण पालन नगरेको भन्दै प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई ७५ हजार जरिवानासहित कारबाही गरिएको हो। प्रज्ञान सेक्यूरिटिजका विराटनगर शाखा कार्यालय प्रमुखले मिति २०७४ जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सेयर किन्नुहोस् भनेर प्रचार गरेकोले कारबाही गरिएको बोर्डले जानकारी गराएको छ ।
४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्दै भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको उजुरीपछि धितो पत्र बोर्डले छानबिन गरेको थियो ।
छानबिनबाट प्रज्ञान दोषी देखिएपछि बोर्डले कारबाही गरेको हो ।
Facebook Comments Box