काठमाण्डौं । यस साता धितोपत्र बजारमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको एक अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ ।
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड आठ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।
Facebook Comments Box