काठमाण्डौं । काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभस्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खोल्ने तयारी अलपत्र बनेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवं काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गत वर्ष माघमा उपत्यकाका २२ नगरपालिकाले शेयर राखी कं स्थापना गर्न लागेका थिए ।
यसअघि महानगरपालिकाका कार्यकारी अधिकृत रहनुभएका मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ कंम्पनी खोल्ने तयारी गर्दा तयारी गर्दा गर्दै मुलुक नयाँ संरचनामा गई स्थानीय तहको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधि आएकाले काम रोकिएको बताउनुहुन्छ ।
स्थानीय सरकारले नगर बस चलाउने विश्वव्यापी अभ्यास रहेकाले नेपालमा सहज र सुलभ सार्वजनिक यातायातका लागि कं आवश्यकता रहेको मन्त्रालयले जनाएको छ । यसका लागि स्थानीय सरकारमा इच्छाशक्ति हुनुपर्ने तामाङको भनाइ छ ।
एक वर्षअघि १० करोड सञ्चालन खर्च हुने गरी मन्त्रालयको पूर्वाधार विकास महाशाखाले कंम्पनी स्थापनाको तयारी गरेको थियो ।