चितवन । राष्ट्रिय योजना आयोगले सरकारको ७।२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पर्याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताउनुभएको छ । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक निजी साझेदारीसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा श्रेष्ठले यसका लागि २४ खर्ब बजेटको आवश्यकता रहेको बताउनुभयो ।
आवश्यक बजेटमध्ये ३९ प्रतिशत सरकारी क्षेत्रबाट परिचालन हुने भए पनि बाँँकी निजी क्षेत्र आएमात्रै लक्ष्य प्राप्त हुने उहाँको भनाइ छ । तीनवर्षे कार्यक्रमअन्तर्गत नेपालमा १४ परियोजना सञ्चालनमा रहेका उहाँले बताउनुभयो । यसपटक स्थानीय तहमा मात्रै २२५ अर्ब बजेट पठाएको श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box