काठमाण्डाैं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव भएपछि नेपाल राष्ट्र बैंकले भोलि १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । केन्द्रीय बैंकले प्रत्यक्ष बोलकबोलमार्फत विकास ऋणपत्र खरिद गरी बजारमा पैसा प्रवाह गर्न लागेको हो ।
ऋणपत्र बिक्री गर्न चाहनेले भोलि १२ बजेसम्म बोल कबोलमार्फत आवेदन दिनुपर्नेछ । बोल कबोलकर्ताले ऋणपत्रको परिणाम र मूल्य खुलाएर आवेदन गर्नुपर्नेछ ।
बाँडफाँटको निर्णय भने तरलताको स्थिति, अल्पकालीन ब्याजदर लगायतका परिसूचकका आधारमा खुला बजार कारोबार सञ्चालन समितिले गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ । चालु आर्थिक वर्षमा मात्र राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ ।
Facebook Comments Box