
काठमाण्डाैं । गैर आवासीय नेपाली संघ(एनआरएनए)ले ऐतिहासिक पुरातात्विक महत्वको सिन्धुलीगढी दरबारको जिर्णोदार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने भएको छ ।
विहिबार एनआरएनए र कमलामाई नगरपालिका, सिन्धुलीबीच सिन्धुलीगढी दरबारको जिर्णाेदार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले मुलुकको ऐतिहासिक धरोहरहरुको पुनर्निर्माणको गुरुयोजना बनाउने अवसर पाउनु आफूहरुको लागि गौरवको विषयमा भएको बताउनु भयो । उहाँले सिन्धुलीगढी दरबारलाई म्युजियमको रुपमा विकास गर्न आफूहरुले चाहेको पनि बताउनु भयो ।
एनआरएनएले सिन्धुलीगढी गुरुयोजना तयार पार्न लाग्ने सबै खर्च व्यहोर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।
Facebook Comments Box