काठमाण्डाैं । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ।
बैंकले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको हो।
बैंकद्वारा आज आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए।
बैंकले आव २०७३/७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। बैंकको चुक्ता पूँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बंकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए।
Facebook Comments Box