काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै निगमले आज पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।
जस अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।
भारतीय आयल कर्पोरेशनको नयाँ मूल्यसूची अनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।बृद्धि गरिएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ ।
Facebook Comments Box