काठमाण्डाैं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ ।
पोखरी र बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो ।
समितिको प्रतिवेदनमा मन्दिर रानीपोखरी पनि प्रताप मल्लकै पालाको जस्तै निर्माण गर्नुपर्ने र मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्नुपर्ने सिफारिस गरिएको छ ।
पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि केही परिवर्तन भएकाले त्यसको समेत अध्ययन गरी त्यसअघिकै शैलीमा पुननिर्माण गर्न समितिले सुझाव दिएको छ ।
पुरानै शैलीमा मन्दिर निर्माण गर्नका लागि हाल राखिएका कंक्रिटहरु हटाउन सिफारिस गरिएको विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले जानकारी दिनु भयो ।