काठमाण्डाैं । सोनाम ल्होसारको अवसरमा सरकारले भोलीको लागि दिएको सार्वजनिक बिदा यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ ।
तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए । उनीहरुले फागुन ४ गते ल्होसार परेकाले विदा पनि फागनु ४ गतनैे दिनुपर्ने बताएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले भने भोली बिदा दिने निर्णय यथावत् रहेको बताउनु भएको छ ।
Facebook Comments Box