बनियानी । बिर्तामोड नगरपालिकाले जाडो बढेसँगै गरिब तथा विपन्न परिवारलाई आज कम्बल वितरण गरेको छ ।
बिर्तामोड–७ का विपन्न आदिवासी तथा अल्पसंख्यक सन्थाल र मुसहर समुदायका २५ परिवारलाई कम्बल वितरण गरिएको सो वडाका वडाध्यक्ष गंगाबहादुर भट्टराईले जानकारी दिनुभयो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईंलगायतले कम्बल वितरण गर्नुभएको हो ।
यसअघि बिर्तामोड नगरपालिका वडा नं ७ र ८ का २०० विपन्न परिवारलाई हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लगायतको टोलीले कम्बल वितरण गरेको थियो ।
Facebook Comments Box