काठमाडाैं। नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ ।
मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो ।
केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३–३ हजार थान निस्कासन हुने छन् । १०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ ।
सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुने छ । सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनु भयो ।
Facebook Comments Box