
नवलपरासी । नवलपरासी जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका वडा नं.६ त्रिवेणी धाममा माघे अौंसीको मेला शुरू भएको छ ।
हिन्दु मान्यता अनुसार विशेषगरी माघे अौंसीको दिन त्रिवेणी धामस्थित नारायणी नदिमा स्नान गरे पश्चात सुर्यको अराधना गरि त्यहाँ निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको छ ।
ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा मेला लागने गरेको छ । त्रिवेणी धाममा नारायणी नदि , सोन भद्र नदि र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औंसीको मेला हरेक बर्ष लाग्ने गरेको छ ।
अौंसी मेलामा नेपाल,विहार ,भारतको उत्तर प्रदेश बाट लाखौ श्रद्धालु भक्तजनहरु आउने गरेका छन । मेलामा श्रद्धालु भक्तजनहरुलाई सरल, सुलभ र भभ्य बनाउनका लागी मेलामा करिब तीन सय पचाँस सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै १४ वटा उपसमिति ७५ जना स्वयम् सेवक, ४ ठाउँमा निशुल्क स्वास्थ्य शिविर, ११ वटा सार्वजनिक शौचालय,एक एेम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट ९ सदस्यीय रेस्क्यु टिम, पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज संग सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी व्यवस्था गरिएको छ ।
औंसी मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् विनयी त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष प्रितम बहादुर गुरूङले बताउनु भएको छ । मेलामा अवलोकनका लागी करिब ४ लाख श्रद्धालु भक्तजनहरु मेलामा आउने गुरूङले दावी गर्नु भयो ।