
काठमाण्डाैं । उद्यमी अजय सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाउनु भएको छ ।
उद्यमी सुमार्गीले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी कान्तिपुर पब्लिकेशनलाई दुरुपयोग गरेर अध्यक्ष सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले सिरोहियाको जग्गा खरिद गर्दा आफूले प्रचलित कानुन बमोजिम गरेको दावी गर्दै भ्रममा नपर्न पनि आग्रह गर्नु भयो । मुक्ति श्री प्रालिका अध्यक्ष समेत रहनु भएका सुमार्गीले पहिल्यै बेचिसकेको जग्गा पूरानै मूल्यमा फिर्ता लिन सिरोहियाले घिनलाग्दो दवाव दिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।
उद्योमी सुमार्गीले सिरोहियाविरुद्ध अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएको पनि स्मरण गराउनु भयो । सिरोहियाले भने सुमार्गीले आफूविरुद्ध अनावश्यक आरोप लगाएको बताउँदै आउनु भएको छ ।