
काठमाण्डाैं । सरकारले विभिन्न पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीहरूमध्ये चार वटा कम्पनी काठमाडौंका हुन् । जसमा टोखा नगरपालिका–९ धापासीमा रहेको डिएनके ट्रेडिङ प्रालि, काठमाडौं महानगरपालिका–३२ घट्टेकुलोको क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स, काठमाडौं महानगरपालिका–२५ इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमार र नितेश कुमार छन् । ललितपुर महानगरपालिका–२ को पशुपती ईन्टरनेसनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
Facebook Comments Box