काठमाण्डाैं । नेपाल सामाजिक परिचालक कर्मचारी संघले गत पुस १४ गते राज्यमन्त्री स्तरीय निर्णयले अवकास गरिएका कर्मचारीहरुलाई पुर्नस्थापना नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
संघले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । साथै संघले सामाजिक परिचालकलाई कर्मचारीमा पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गरेको छ ।
संघले विगत ८ वर्षदेखि स्थानीय तहमा रहेर जनताको काम गरेका समाजिक परिचालकहरुको कार्यसम्पादनको मूल्याङकन नगरिकन होचुवाको भरमा अवकास दिनु सरकारको गलत र बद्नियतपूर्ण निर्णय भएको टिप्पणी गरेको छ ।
नेपाल निजामति कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले कर्मचारी समायोजनकै पाटोमार्फत सामाजिक परिचालकहरुको समायोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
Facebook Comments Box