काठमाण्डाैं । नेपाली युवा वैज्ञानिक सहभागी टोलीले संसारकै खतरनाक इबोला भाइरसको औषधी पत्ता लगाएको छ ।
अमेरिकाको जर्जिया राज्यको इन्स्च्यिूट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा वैज्ञानिक डा. सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको प्रतिष्ठित एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धानमा ११ जना वैज्ञानिक टोली सहभागी भएका थिए । अन्यन्त जटिल अनुसन्धानबाट र सयौं औषधीको परिक्षणबाट नयाँ औषधी पत्ता लागेको वैज्ञानिक खड्काले बताएका छन् ।
इबोला भाइरसको अध्ययन गर्न संसारका अन्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव रहेको इन्स्चिुट फर बायोमेडिकल साइन्स जर्जिया विश्वविद्यालयले जनाएको छ । देशसञ्चारबाट ।
Facebook Comments Box