काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नु भएको छ ।
दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सर्वसाधारण तथा प्रमुख दलका नेताहरु सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहाकार माधव शर्माले बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल पनि सहभागी हुनु हुने बताइएको छ ।
Facebook Comments Box