विर्तामोड । ईलाका प्रहरी कार्यालय बिर्तामोडले चोरी मोटरसाईकलसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । ९ वटा मोटरसाईकल सहित ति व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो ।
पछिल्लो समय मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यलयको टोलीसंग सहकार्य गर्दै अनुसन्धान तीब्र पारेर चोरीका मोटरसाइकलसहित ति व्यक्तिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ काविशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई छन् ।
नियन्त्रणमा लिइएको ९ वटा मोटरसाईकलमध्ये ६ वटाको प्रमाणीकरण भईसकेको डिएसपीले बताए । प्रमाणीकरण गरिएको ६ वटा मोटरसाईकलमध्ये २ वटा बुलेट, एउटा ड्युक र ३ वटा पल्सर छन् । “यी कुनै पनि मोटरसाईकलहरु नेपालबाट चोरी भएको होईन” डिएसपीले भने, “भन्सार छलि गरेर नेपालमा बिक्री गरी नेपालीनम्बर प्लेट राखेर चलाईएको हो” ।
मोटरसाईकल चोरी गर्ने दुईवटा समुह रहेको प्रहरीको दाबी छ । एउटा समूह नेपालबाट चोरीएको मोटरसाईकल भारततर्पm पठाउने वा प्रहरीको पहुँच कमजोर भएको ठाँउ तर्पm लैजाने र अर्को समूह भारतबाट चोरी गरी नेपाली समूहलाई सस्तो मूल्यमा बेच्ने रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका ८ जनालाई मोटरसाईकलसहित मेची भन्सार कार्यालय पठाईएको छ ।