
काठमाण्डाैं । उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षमा सक्न निर्देशन दिएको छ ।
उर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्न समय तालिका बनाई त्यही अनुसार सबै काम अगाडि बढाउन निर्देशन दिनु भएको हो ।
सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङसहितको टोलीले आयोजनाको स्थगलत निरीक्षण गरी काम छिटो सक्न भनेको छ । सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ ।
जुरे पहिरो, भूकम्प, बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षा गरे अनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाई भएको बताइएको छ ।
Facebook Comments Box