विर्तामोड । पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले विएन्डसी शिक्षण अस्पतालले सम्बन्धन पाउन डा. गोविन्द केसीलाई गाली गरिरहनु नपर्ने बताएका छन् ।
आइतबार झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पतालमा पत्रकारहरुसंग कुरा गर्दै पूर्वमन्त्री पोखरेलले स्वास्थ्य शिक्षाको क्षेत्रमा देशले सुधार खोजेको र डा. केसीका माग सकारात्मक रहेको बताए ।
निजी क्षेत्रबाट पूर्वाधार पुर्याएर बनाइएका प्रस्तावित शिक्षण अस्पतालहरुलाई सम्बन्धन दिइनुपर्ने उनले बताए। पोखरेलले भने, ‘म आज यहाँ आएँ। यहाँको अवस्था हेर्दा मेडिकल कलेजको सम्बन्धन दिँदा खेर जाँदैन।’
उनी आफू केसी पक्षधरको मान्छे नभएको दाबी गरे। निजी क्षेत्रलाई पनि निराश नपार्ने बिचको बाटोबाट निकास निकाल्नुपर्नेमा आफू लागेको पूर्वमन्त्री पोखरेलको भनाइ थियो।
Facebook Comments Box