विर्तामोड । कलाकार सीताराम कट्टेल धुर्मुशले झापाका सन्थाल तथा मुसहर बस्तीका २ सय जनालाई न्यानो कम्बल विरतण गरेका छन् । आइतबार झापाको विर्तामोड नगरपालिका ८ को टुन टुन बस्तीका सन्थाल, मुसहर तथा दलित समुदायका सर्वसाधारणलाई उनले कम्बल वितरण गरे ।
विहान करीब ८ बजे धुर्मुश टुन टुन बस्ती पुग्दा विपन्न समुदायका मानिसहरुको खुशीको सीमा रहेन । न्यानो ओड्ने कपडा पाउँदा उनीहरुको अनुहार एकाएक उज्यालो भएको थियो ।
हेर्नुहोस् भिडियोः
उक्त बस्तीमा सन्थाल समुदायका बाबुलाल सोरेनले न्यानो कपडा पाएपछि जीवनमा सबैभन्दा खुशीको पाएको दिन भन्दै खुशी व्यक्त गरे। उनले भने, ‘आज हाम्रो समुदायका लागि सबभन्दा खुशीको दिन हो। उहाँलाई भगवानले रक्षा गरुन्।’
जाडोमा कामिरहेका सम्बरबहादुर परियारले आफू जस्ता दलित समुदायका मानिसहरुलाई हेर्ने मान्छे कम रहेको अवस्थामा कलाकार धुर्मुशको यो कदमलाई जति प्रशंसा गरे पनि कम हुने बताए।
टुन टुन बस्तीमा धुर्मुशले एक सय ६७ जनालाई न्यानो कम्बल वितरण गरेका छन्। त्यसपछि लतत्तै उनले विर्तामोड नगरपालिका ७ मा रहेको मुसहर बस्तीमा ३३ जनालाई कम्बल वितरण गरेका छन्। कलाकार धुर्मुशका साथमा अर्का कलाकार जितु नेपाल पनि थिए।