
काठमाडौं । माघे संक्रान्ति र थारु समुदायको माघी पर्वलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्ड २४ सै घण्टा खुला गरिएको छ । ६ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको सडकखण्ड चार दिनका लागि खुला गरिएको हो ।
थारु समुदायको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको प्रहरीले जनाएको छ । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार हिजोदेखि माघ २ गतेसम्म सडक खुला रहने छ ।
यसअघि गत पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । सडकमा अहिलेसम्म ७० प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।
Facebook Comments Box