काठमाण्डाैं । शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ ।
नेप्सेले आव २०७३÷७४ मा ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२÷७३ मा नेप्सेले ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो ।
नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।
Facebook Comments Box