महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ ।
आज कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा उहाँले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको उल्लेख गर्नु भयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका उहाँले यस विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको बताउनु भयो ।
आफू नेतृत्वको सरकारले गत असोज २ गते शिक्षा क्षेत्रका १५ ओटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसको रुपमा दरबन्दीसमेत स्वीकृत गरिसकेको बताउँदै उहाँले आगामी दिनमा यस विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयका रुपमा स्थापित हुने विश्वास व्यक्त लिनु भयो ।