काठमाडौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा। गोविन्द केसीले गरिरहेको अनशनको समर्थनमा उहाँका समर्थकहरुले आजपनि प्रदर्शन गर्ने भएका छन ।
न्यायकाे किनबेच भइरहेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीश गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डा केसीले उठाएका मागको सुनुवाई गर्न समर्थकले प्रदर्शन गर्न लागेको उहाँले बताउनुभयो ।
न्यायायालयको मानहानीका मुद्दामा पक्राउ परेका डा। केसीलाई सर्वोच्चले हिजो साधारण तारेखमा रिहा गर्न आदेश दिए लगतै उहाँले त्रिवि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिनुभएको छ ।
Facebook Comments Box