काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी गरी सोही चेकमार्फत विभिन्न व्यापारीबाट उक्त रकम ठगी गर्ने ३६ वर्षीय भारतीय नागरिक अखिल कुमारलाई मंगलबार युएन पार्क ललितपुरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Facebook Comments Box