काठमाण्डाैं । हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ ।
हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७४÷७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिनुभयो ।
हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।
Facebook Comments Box