काठमाण्डाैं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्क बिहिन भएका छन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।
स्टकको सम्पर्कमा नरहनेमा अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर हिमालय, गोरखाली रबर उद्योग, हरिसिद्धी इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल, रघुपति जुट मिल, नेपाल बिटुमिन तथा व्यारेल उद्योग, भृकुटी पल्प एण्ड पेपर, नेपाल खाद्य उद्योग र नेपाल वनस्पती घ्यु उद्योग लिमिटेड रहेका छन् ।
सम्पर्कमा नरहेका उद्योगमध्ये अधिकांश सरकारी स्वामित्वका र निजीकरण गरिएका उद्योग छन् । सम्पर्कमा नरहेका कम्पनी तथा उद्योगलाई सम्पर्कमा आउन र आफ्नो कारोबारको विषयमा जानकारी दिन नेप्सेले आग्रह गरेको छ ।
Facebook Comments Box