झापा । इटहरीबाट धरानतर्फ गइरहेको को ४ प ९८५८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७८३४ नम्बरको बस तरहराको पानिपियामा सोमबार अपरान्ह एकआपसमा ठोक्किदाँ एक जनाको ज्यान गएको छ ।
दूर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकलका चालक ताप्लेजुङ फाकुम्बा ८ बस्ने ४१ वर्षीय दलबहादूर लिम्बुको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको तरहरा प्रहरीले जानकारी दिएको छ ।
बसका चालक झापा जलथल ७ बस्ने २७ वर्षीय कमल विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधनलाई तरहरा प्रहरी चौकीको नियन्त्रणमा लिईएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादूर कट्वालले जानकारी दिए ।
Facebook Comments Box