झापा । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सोमबार भन्सार कार्यालयको १ नम्बर ढाटबाट चाँदीसहित एक जनालाई नियन्त्रणमा लिईएको छ।
बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारत फारबिसगंज घर भएका २४ बर्षिय मोहमद समिम भन्ने मोहमद राजालाई ३ किलो चाँदीसहित नियन्त्रणमा लिईएको हो।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनको साथबाट प्रहरीले शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको बिभिन्न किसिमको चाँदीका तयारी गहना फेलापारी बरामद गरेको हो।
पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
Facebook Comments Box