विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ स्थित रंगेली–विराटनगर सडक खण्डमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।
विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३०१५ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको को ५ प ९२१३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भएर सडकबाट पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे ११ का १९ वर्षीय सोनु दास, सोराभाग ४ का ३० वर्षींया प्रकासदास कामत, भारतीय नागरिक २२ वर्षीय रुक्सर खातुन, बाँसबारी ४ की ६० वर्षीया सत्यनारायण साह, गोविन्दपुर ६ का ५७ वर्षीय गोमा कटुवाल घाइते भएका छन् ।
सुनवर्सी नगरपालिकाकी ३५ वर्षीय मोहम्मद इश्लाइम, १६ वर्षीया मोहम्मद खाजिन, २३ की रेखादेवि गनगाई, १६ वर्षीया ज्योति गनगाई, डाइनिया ९ का २१ वर्षीय अनिल सिंह, सुनवर्सी ६ का ४७ वर्षीय उमेश कार्की, सुनसरी भरौला ५ का ३१ वर्षीय लक्ष्मी धामी, डाइनिया ८ का २८ वर्षीय धरमचन्द सिंह, डाइनिया ९ की ३५ वर्षीय मिरा बुढाथोकी, दादरवेरिया २ का १६ को शिवशंकर कामत पनि घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको भौंडाहा ५ का धनेश सरदार पनि घाइते भएका छन् ।
घाइतेहरुको विराटनगर स्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।