हुम्ला । नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यरत पत्रकार अर्जुन वोहरामाथि विहीबार वेलुका एमाले कार्यकताले कुटपिट गरेका छन् ।
एमालेका कार्यकताले प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहनुभएका वोहरा माथि कुटपिट गर्नुको साथै रेडियो कर्णालीमा तोडफोड गरी २ वटा कम्प्युटर एउटा प्रिन्टर र फर्निचरमा क्षति पु¥याएका छन् ।
यसैबीच, प्रेस सेन्टर नेपाल ६ नं. प्रदेशले समाचार प्रशारण गरेकै कारण पत्रकार र संचारमाध्यायमाथि भएको जंगली आक्रमणको घोर निन्दा एवं भ्रत्सना गरेको छ ।
सेन्टरका ६ नं. प्रदेश अध्यक्ष ध्रव विक्रम वुढाथाकीले आक्रमणको भ्रतसना गर्दै दोषिमाथी कडा कारवाही गर्न समेत स्थानिय प्रशासनको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।
Facebook Comments Box