शिवसताक्षी । झापाको शिवसताक्षी नगरमा लाईन्स क्लव अफ सतासीधाम गठन भएको छ । दुधेमा हालै भएको एक भेलाले चार्टर प्रसिडेन्ट पदमा याम नाथ काफ्लेलाई आगामी २ वर्षका लागि सर्वसम्मत चयन गर्दे लायन्स क्लव अफ सतासीधाम गठन भएको हो ।
दुधेमा शिवसताक्षीका धरमपुर, झिलझिले, दुधे, माईधार, शिवगञ्ज लगायतका व्यवसायीको एक पुर्णभेलाले क्लवलाई पुर्णता दिएको थियो । नव गठित लायन्स क्लव अफ सतासीधामको भाईस प्रेसिडेन्ट त्रयमा कृष्ण पोख्रेल, शन्तोष लिम्वु र जिवन गिरी चयन भएका छन ।
यसैगरि सेक्रेटरी पदमा रुद्रमणी भट्टराई, जोईन्ट सेक्रेटरीमा डिगम पराजुली, ट्रेजररमा कृष्णप्रसाद खरेल र जोईन्ट ट्रेजररमा राजकुमार संग्रौला चयन भएका छन ।
यस्तै क्लव कोअडिनेटरमा गणेशप्रसाद घिमिरे, मेम्वरसीप चियर पर्सनमा अग्निप्रसाद दुलाल , पर्सन रिलेशन चिफ अफिसर तुलसी पौडेल, लायन टेलर दुर्गाप्रसाद भट्टराई, टेल टुईस्टरमा निलकृष्ण खरेल चयन भएको नवगठित क्लवका चार्टर प्रसिडेन्ट यामनाथ काफ्लेले बताएका छन ।
क्लवको मेम्वरमा मोहनप्रसाद मैनाली, गणेशकुमार प्रधान, भिष्म खरेल, टेकवहादुर विक, दिपेश रिजाल, सुर्यप्रसाद योङ्गहाङ्ग, रामनरेश शर्मा, तेजवहादुर लाम्गादे, प्रदीप अधिकारी, डम्वरवहादुर खड्का, विरेन्द्र प्रसाद यादव, विनोद खरेल, सुरज राई, चन्द्रप्रसाद खनाल, लोकेन्द्र श्रेष्ठ, चेतन दुलाल, कुमार शंकर , विनोद ढकाल, उदयवहादुर खत्रि, रोमन लाम्गादे, लिलावहादुर जोगि, उदयप्रकाश राई, हरिप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन ।