काठमाण्डाैं । धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने योजना अघि सारेको छ ।

भूकम्पपछि तीन वटा एकीकृत बस्ती निर्माण गरेकोे फाउन्डेसनले आज काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चाैथो योजना सार्वजनिक गरेको हो ।
फाउन्डेसनका संस्थापक सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पार्नु भयो ।
फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ ।
‘नमुना नेपाल’ बनाउन ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।
कस्ताे हुनेछ त नमूना नेपाल, हेर्नुस् भिडियाे ।
Facebook Comments Box