
काठमाण्डाैं । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली(२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो ।
यससँगै ०५९ साल जेठ १५ गतेसम्म तत्काल प्रचलित कानून बमोजिम विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति पाई २०७३ असार १५ सम्म अविच्छिन्न रुपमा कार्यरत विद्यालय कर्मचारी नोकरीमा नरहने भएमा अधिकतम सेवा अवधि २० वर्ष मानी बिभिन्न सुविधा उपलब्ध गराउने बाटो खुलेको छ ।
यस्ता छन् शिक्षा नियमावलीका मुख्य विषेशताहरु:
१. माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोडको काम कर्तब्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रण सम्वन्धी व्यवस्था गरिएकोछ। वोर्डका अध्यक्ष तथा सदस्य सचिवको काम कर्तब्य अधिकार तथा वोर्डका अध्यक्षको पारिश्रमिक सेवा, सर्त तथा सुविधाको व्यवस्था गरिएकोछ।
२.शिक्षा सम्बन्धी नीति निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सल्लाह तथा सुझाब दिने काम समेतको लागि शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय शिक्षा परिषद्को अन्य काम कर्तब्य र अधिकारको व्यवस्था गरिएकोछ।
३. विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्ने काम समेतको लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको ब्यवस्था गरी सो केन्द्रको काम कर्तब्य तथा अधिकार, केन्द्रका प्रमुख शिक्षा परीक्षकको नियुक्ति, पारिश्रमिक सेवाका सर्तहरु, सचिवालय र जनशक्ति सम्वन्धी व्यवस्था गरिएकोछ।
४. जिल्लाभित्रका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा पाँच सम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाहरुको हकमा भौगालिक विकटताको आधारमा र अन्य जिल्लाको हकमा विद्यार्थी संख्याको आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरी र आधारभूत विद्यालयको कक्षा छ देखि आठसम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा नेपाल सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने व्यवस्था गरिएको छ।
५. जिल्ला स्तरमा शैक्षिक विकासका लागि आवश्यक नीति तर्जुमा गर्न जिल्ला शिक्षा परिषद् रहने व्यवस्था गरी उक्त परिषदको काम कर्तब्य अधिकार तथा वैठक सम्वन्धी कार्यविधिको ब्यवस्था गरिएकोछ।
६.गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने कामको लागि गठित गाउँ शिक्षा वा नगर शिक्षा समितिको काम कर्तब्य र अधिकारको वारे उल्लेख गरिएको छ।
७.सामुदायिक विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्र्तगत सञ्चालित विद्यालयहरु बीच साझेदारीमा विद्यालय सञ्चालन गर्ने मापदण्ड, साझेदारीको तरिका, व्यवस्थापन समितिको गठन, काम कर्तव्य र अधिकार मन्त्रालयले बनाएको कार्यविधि बमोजिम हुने गरी ब्यवस्था गरिएको छ।
८.शैक्षिक गुठी अन्र्तगत सञ्चालन भएका विद्यालयको सञ्चालन, रेखदेख तथा व्यवस्थापन सम्बन्धी व्यवस्था गरिएको छ।