इलाम । नेपालमै चियाखेती सुरू भएको झन्डै १ सय पचास वर्षपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।
राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले इलाम फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो ।
एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ ।
आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताउनुभयो । नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ ।
रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिने उहाँले जानकारी दिनुभयो ।
Facebook Comments Box