सुरुङ्गा । चिल्लागढ धाम युवा परिवार, शिवसताक्षीको आयोजनामा भएको एक महिने योग साधना शिविर सम्पन्न भएको छ । चिल्लागढ धाम परिषरमा भएको शिविरमा ४० जनाको सहभागिता रहेको थियो ।
युवा योग प्रशिक्षक दिनेश मैनालीले सहजिकरण गरेको शिविरको समापनमा बाल निकुञ्ज माविका शिक्षक विष्णु खतिवडा, स्थानीय रघुनाथ भट्टराई, विष्णु रिजाल लगायतले मन्तव्य राखेका थिए ।
चिल्लागढ धामका अध्यक्ष तीलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिवल केशव ढुंगेलले गरेका थिए ।
Facebook Comments Box