बिर्तामोड । क्रिएटिभ नेपलिज युथ बिर्तामोड, झापाले आफ्नो दोश्रो वार्षिकोत्सव विशेष काम गरेर मनाएकाे छ ।
संस्थाले अर्जुनधारा–९ स्थित श्री प्राथमिक विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्कुलमा अध्यनरत ६० जना बालबालिकालार्इ शैक्षिक सामग्री वितरण गरेर वार्षिकोत्सव मनाएको हो ।
३५ दर्जन कापी, इरेजर, सार्प्नर, प्यान्सिल, २ थान ब्याडमिन्टन, फुटबललगायतका सामाग्री विद्यालयका विद्यार्थी र स्कुल प्रशासनलार्इ हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष टिकाराम धमलाले बताए ।
संस्थाका संस्थापक अध्यक्ष धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र रिजालको प्रमुख आतिथ्य तथा स्कुलका प्रधानाध्यापक कल्पना दाहालको विशेष आतिथ्य रहेको थियो ।
संस्थाका सचिव सागर रोक्काले सञ्चालन गरेको कार्यक्रमको स्वागत तथा संस्थाको उद्देश्यका बारेमा उपाध्यक्ष ज्योत्स्ना प्रसार्इले स्पष्ट परेकी थिइन् । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका प्रमुखले युवाको जोसजागर र कामको प्रशंसा गर्दै शुभकामना प्रदान गरे ।
संस्थाका चारआली सम्पर्क केन्द्र संयोजक सन्देश तिम्सिना, गौरादह सम्पर्क केन्द्र संयोजक पुजन घिमिरेलगायत ३० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोडमा अवस्थित यो संस्था २०७२ वैशाख १२ को भुकम्प पश्चात स्थापित भई युवा नेतृत्व, व्यक्तित्व विकास, सामाजिक विकृती, विसङ्गती, कुरिती विरुद्ध जनचेतनामुलक कार्यक्रम, वातावरण संरक्षण, सरसफार्इलगायतका विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।