झापा । पूर्वको झापा र मोरङबाट प्ररहीले शुक्रबार लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपलिका-६ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका-८ बस्ने २६ बर्षिय बिक्रम बन्जारालाई लागूऔषधसहित पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट डाईजेपाम-८, लुपिजेसिक ८, फेनारागन ८ र चरेस १५ बरामद गरेको हो। पक्राउ परेका बन्जारालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी राखी थप अनुसन्धान भइरहेको छ।
यता, मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले झापा दमक नगरपालिका-१३ बस्ने २२ बर्षिय मोहन साहलाई १० पत्ता नाईट्रोसन सहित पक्राउ गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका साहलाई सोही कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।